१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड


प्रचण्ड र देउवा

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका छन् ।

अध्यक्ष प्रचण्डले नवनिर्वाचित कांग्रेस सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ ।

प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !