१५ बैशाख २०८१, शनिबार

मोरङ २ का नागरिकको उपचारमा ५० लाखको ‘पुण्यश्री प्रतिष्ठान’ खोल्ने मिनेन्द्रको निर्णय


डा. मिनेन्द्र रिजाल फाइल फोटो

काठमाडौँ । रक्षामन्त्री पदवाट राजीनामा दिएका नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले मोरङ क्षेत्र नम्वर २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी ५० लाख अनुदान गर्दै ‘पुण्यश्री प्रतिष्ठान’ खोल्ने निर्णय गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा केही समयअघि पोष्ट गर्दै रिजालले मोरङ क्षेत्र नं २ का नागरिकले गुन लगाएर आफूलाई जिताएकोले आमा-बुवाले सामर्थ्य विरासतमा छोडेर गरेकोले उनीहरुको नाममा सो प्रतिष्ठान खोल्ने निर्णय गरेको बताएका छन् ।

उनले अलि अघि निर्णय गरेर पनि सार्वजनिक गर्न नपाएको फुर्सद भएकोले आज नै सो कुरा सार्वजनिक गरेको बताएका छन् । रक्षामन्त्री पदवाट राजीनामा दिएपछि रिजालले आफूले सक्रिय राजनीतिबाटै सन्यास लिन सक्ने संकेत गरेका थिए ।

मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका थिए । के अव उनी राजनीति छोडेर समाजसेवामा लाग्न खोजेका त होइनन् भन्ने चासो समेत राजनीतिक वृत्तमा बढेको छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अलि अघि निर्णय गरेर पनि सार्वजनिक गर्न पाएको थिइन; फुर्सत छ, त्यसैले आज नै भनौं । मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ; आमा-बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ । त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु ।’

मिनेन्द्र रिजाल ट्वीट

यो पनि पढ्नुहोस्

मन्त्रीवाट राजीनामा दिँदै मिनेन्द्रले भने- राजनीतिबाट पनि सन्यास लिन सक्छु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !