११ जेष्ठ २०८१, शुक्रबार

नवनिर्वाचित महामन्त्री गगन सानेपामा पुगेपछि नारा- नेपाली कांग्रेसको महामन्त्री, अब देशको प्रधानमन्त्री


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महामन्त्रीमा विजय भएपछि थापा पार्टी कार्यालय सानेपा पुगेका छन् ।

एक नेताका अनुसार नवनिर्वाचित महामन्त्री थापा पार्टी कार्यालयमा पुगेपछि उनलाई नेता कार्यकर्ताले अविर, फूलमालाले स्वागत गरेका छन् । एक नेताका अनुसार उनको स्वागतमा कार्यकर्ताले सानेपामा अहिले ‘गगन दाइ, हाई हाई’, ‘नेपाली कांग्रेस महामन्त्री, अब देशको प्रधानमन्त्री’ भनेर नारा लगाइरहेका छन् ।

मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !