२० बैशाख २०८१, बिहिबार

महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको छ : मिनेन्द्र रिजाल


डा. मिनेन्द्र रिजा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । रक्षामन्त्री समेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए ।

सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “सुन र पित्तल तातोमा छुट्टिन्छ । अहिले सुन र पित्तल छुट्टिएको छ ।”

डा. कोइराला सभापतिमा निर्वाचित नभए पनि काँग्रेसलाई पुनर्जागरण गर्ने जिम्मेवारी मतदाताले डा. कोइरालालाई नै दिएको उनले बताए । विचारमा प्रतिनिधित्व नभएसम्म काँग्रेस वास्तवमा ‘काँग्रेस’ नहुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !