२२ बैशाख २०८१, शनिबार

नेता पौडेलले दिए सभापति देउवालाई बधाई


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । नेपाल काँग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन् ।

नेता पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् ।

पौडेलले बुधबार विज्ञप्ति निकालेर देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् ।

सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा देउवाको ध्यान पुग्नुपर्नेमा नेता पौडेलको भनाइ छ ।

“हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।”, विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति :
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।

हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल !

मितिः २०७४/९/२९
रामचन्द्र पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !