२१ बैशाख २०८१, शुक्रबार

उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले दिए देउवालाई बधाई


चन्द्र भण्डारी

काठमाडौं । नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले बधाई दिएका छन् ।

सभापतिका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन् ।

सभापति देउवा प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् ।

दोस्रो चरणको निर्वाचनको मतपरिणामअनुसार देउवाले २७३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिद्वन्दी कोइरालाले १८५५ मत प्राप्त गरेका छन् ।

नेता भण्डारीले सभापति देउवालाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा आदरर्णीय शेर बहादुर देउवाज्यू लाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल! “


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !