१९ बैशाख २०८१, बुधबार

रामचन्द्रले आयोजना गरेको चियापानमा देउवाको अचानक ‘इन्ट्री’


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अचानक इन्ट्री भएको छ ।

काठमाडौँको लैनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले आयोजना गरेको चियापान समारोहमा पौडेललाई मनाउन देउवा भर्खर पुगेका हुन् । काँग्रेस सभापतिला लागि दोस्रो चरणको मतदान हुनुअघि देउवा वा डा. शेखर कोइराला कसलाई मतदान गर्ने भन्ने बारेमा निर्णय गर्न पौडेलले चियापान समारोह आयोजना गरेका हुन् ।

सभापतिका प्रत्यासी देउवा त्यहाँ पुगेपनि अर्का उम्मेदवार कोइराला अझसम्म त्यहाँ पुगेका छैनन् । यसअघि कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध ‘हुटिङ्’ भएको छ । लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।

सोही क्रममा नेता पौडेलले विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरेतापनि कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी समेत गरेका थिए । त्यस्तै कांग्रेसका वरिष्ठ पौडेलले आयोजना गरेको चियापनमा देउवाविरुद्ध पनि नाराबाजी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !