१४ जेष्ठ २०८१, सोमबार

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदानमा देउवा र कोइरालावीच प्रतिष्पर्धा हुने


शेरबहादुर देउवा र डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले २२५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेको छ । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४७४३ मतदातामध्ये ४६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका छन् । सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुनः मतदानका लागि तयारी भइरहेको र केही बेरमै नयाँ निर्वाचन तालिका प्रकाशन गर्ने बताउनुभएको छ । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

देउवाले बहुमत ल्याएनन्, देउवालाई ८२ मत पुगेन, कोइरालालाई ६११ मत

काँग्रेस सभापतिको मतगणनामा देउवाले पाए २२५८ र कोइरालाले १७२९ मत

काँग्रेस सभापतिमा कसैले पनि बहुमत ल्याएनन्, दोस्रो चरणको मतदान हुने

काँग्रेस सभापतिको मतगणना सकियो, कसैले पनि ५० प्रतिशत प्राप्त गर्न सकेनन्

४१७४ मत गन्दा देउवाले प्राप्त गरे १९९५ मत, अब ५०० मत गन्न बाँकी

देउवाको अग्रता कायमै, ३१८१ गन्दा देउवाको १७९८, कोइरालाको १४१३ मत

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत प्राप्त

आधा मतगणना हुँदा देउवाको अग्रता कायमै, कसले कति मत ल्याए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !