२१ बैशाख २०८१, शुक्रबार

काँग्रेस सभापतिको मतगणना सकियो, कसैले पनि ५० प्रतिशत प्राप्त गर्न सकेनन्


देउवा, सिंह, निधि, कोइराला, गुरुङ र न्यौपाने फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतगणना सकिएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएकोले दोस्रो चरणको मतदान हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेपनि सभापतिमा निर्वाचित हुन भने सकेनन् । सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक पर्दथ्यो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । सभापति देउवाले २२५८, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरूङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य भएकोले कसैले सो मत प्राप्त गर्न नसकेकोले दोस्रो चरणको मतदल हुने भएको हो ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान हुने भएकोले अव देउवा र कोइरालावीच प्रतिष्पर्धा हुने भएको हो । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

यो पनि पढ्नुहोस्

४१७४ मत गन्दा देउवाले प्राप्त गरे १९९५ मत, अब ५०० मत गन्न बाँकी

देउवाको अग्रता कायमै, ३१८१ गन्दा देउवाको १७९८, कोइरालाको १४१३ मत

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत प्राप्त

आधा मतगणना हुँदा देउवाको अग्रता कायमै, कसले कति मत ल्याए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !