२२ बैशाख २०८१, शनिबार

सुरेन्द्र चौधरीले लिए सहमहामन्त्रीबाट उम्मेदवारी फिर्ता


सुरेन्द्र चौधरी

काठमाडौं । नेपाली काँग्रेसको सहमहामन्त्री पदमा उम्मेदवार दिएका सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

थारु कोटातर्फमा आफ्नो उम्मेदवारी दर्ता गराएका देउवा पक्षीय चौधरीले निर्वाचन समितिमा पुगेर आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

देउवा प्यानलबाट कृष्णप्रसाद सिटौला समूहका उमाकान्त चौधरीलाई उम्मेदवार बनाएपछि चौधरीले बागी उम्मेदवारी दिएका थिए । थारुतर्फको सह महामन्त्री पदमा उमाकान्त र तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुनेछ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !