२५ पुस २०८१, बिहीबार

ओलीको भाषण नसुनी प्रचण्ड र नेपाल किन उठेर हिँडे ?


ओली, प्रचण्ड र नेपाल

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेर हिँडेका छन् ।

कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा नेकपा विभाजनपछि नै एउटै मञ्चमा नदेखिएका पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले एकैसाथ ‘डायस सेयर’ गरेका छन् ।

ओली आउँदा कांग्रेस अध्यक्ष शेरबहादुर देउवाले उठेर स्वागत गरेका थिए भने नेपाल र प्रचण्डले बसीबसी नमस्कार गरेका थिए । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा एमालेका अध्यक्ष ओली, प्रचण्ड र नेपाल एकसाथ मञ्चमा देखिएतापनि ओलीको भाषण नसुनिकन प्रचण्ड र नेपाल उठेर हिँडेका हुन् ।

यद्यपि ओलीले नेपाल र प्रचण्डले गरेको भाषण सुने भने उनीहरू दुवैले ओलीप्रति अप्रत्यक्ष रुपमा कटाक्ष गरेका थिए । ओलीले बोल्ने बेलमा भने नेपाल उठेर हिँडे भने प्रचण्डले ओलीको केही अंश भाषण सुनेका थिए ।

एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका थिएनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएर प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट भएको हो ।

कांग्रेस महाधिवेशनको उद्घाटन ओली, दाहाल र नेपालबीच भेट भएको हो । तत्कालीन नेकपाका तीन शीर्ष नेताहरु अहिले तीन पार्टीका कारण पार्टीका अध्यक्ष भएका छन् । ओली र दाहालबीच गत वर्ष पुस ५ गते संसद विघटन भएपछि भेट भएको छैन भने ओली र नेपालबीच पनि ६ महिनापछि भेट भएको हो ।

उनीहरुमा प्रचण्ड र नेपालको ओलीसंगको सम्वन्ध पानी बराबारको जस्तै छ । विगत ६ महिनादेखि हिजोसम्म ओली-प्रचण्ड र नेपाल भेटवार्ता नभएपनि अधिकांश कार्यक्रममा कटाक्ष र जवाफमा उत्रिदै आएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफावाट हिँडेका हुन् । ओली महाधिवेशनको उद्घाटन शुरु भएपछि केही ढिला गरी आएपनि ओली प्रचण्ड र नेपालसंगै एउटै लहरैको सोफामा बसेनन् ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले दाहाल र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि दाहाल र नेपाल पहिले नै उठेर हिँडेका थिए ।

यो पनि पढ्नुहोस्

देउवालाई ओलीको सुझाव : प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्नुस्

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने- कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

लिङ्देनमाथि खनिदै ओलीले भने- भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ

नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थाले : अध्यक्ष राजेन्द्र लिङ्देन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !