१९ बैशाख २०८१, बुधबार

नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थाले : अध्यक्ष राजेन्द्र लिङ्देन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेताप्रति नेपाली जनताहरुको विश्वास घटेको कटू यथार्थ प्रकट गरेका छन् ।

काँग्रेसको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै अध्यक्ष लिङ्देनले २०४६ सालदेखि हालसम्म प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र आउँदासम्म पनि नेपालका राजनीतिक दलहरुले आम नेपाली जनताले गरेको अपेक्षा पुरा गर्न गर्ने नसकेकोमा गुनासो गरेका हुन् ।

लिङ्देनले नेपालको अदालत अदालत जस्तो नभएको टिप्पणी गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार सरकार जस्तो नभएको टिप्पणी गरेका छन् । उनले यो सबैलाई व्यवस्थापन गर्न राजनीतिक पार्टीको कर्तव्य भएको बताए । संसद संसद जस्तो नभएको पनि उनले बताए।

उनले पछिल्लो समय गाउँघरमा राजनीतिक दलका नेताहरुलाई बोलायो भने कुन चोर आएछ भन्ने गरेको बताए। राजनीति दलका नेताहरुले नेपाली जनताको विश्वास तोडेको बताए।

उनले नेताहरुप्रति जनताको विश्वास घटेकोले आजकल कुनै कार्यक्रममा कुनै नेता आउँदै हुनुहुन्छ भन्यो भने जवाफमा जनताले कुन चोर आएछ भन्ने घृणा आम जनतामा उत्पन्न हुने अवस्था सिर्जना भएको बताए ।

उनले आम पार्टीका नेताहरुमा जनताको भरोशा घट्दै गएकोले नेताहरुमाझ बिग्रिएको छवि सुधार्नुपर्ने चुनौती रहेको स्पष्ट परेका हुन् । अध्यक्ष लिङ्देनले नेपाली राजनीतिको यस्तो तीतो सत्य कुरा व्यक्त गर्दै उक्त कार्यक्रममा उपस्थित प्रत्येक पार्टीका प्रमुखलाई ध्यानकर्षण गराएका हुन् ।

यस्तै उनले एक फरक प्रसंग कोट्याउदै २०४६ सालपछि सबै पार्टीमा टुटफुट देखिएको बताए । २०४६ सालपछि नफुटेको पार्टी कुनै नभएको भन्दै हुँदा–हुँदा सबैभन्दा कान्छो विवेकशिल साझा पार्टी समेत फुटेको बताए ।

उनले यसरी हामी कहाँ चुक्यौं भनेर आत्माआलोचना गर्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । लिङदेनले संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद्ले मन्त्री बनाउन नपाउने गरी पूर्व समानुपातिक संसदीय व्यवस्था ल्याउनुपर्ने आवश्यकता रहेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !