६ बैशाख २०८१, बिहिबार

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने- कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ ।’

उनले भने, “सँगै जानुपर्छ भनेको सरकारमा मात्र हो कि देश बनाउन पनि हो ? देश बनाउन सँगै जाने कुरामा नेपाली कांग्रेसको साथमै छ नेकपा एमाले।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !