२० बैशाख २०८१, बिहिबार

सभापतिको साझा उम्मेदवार बनाउने प्रयास जारी रहेको रिजालको भनाई


डा. मिनेन्द्र रिजाल

काठमाडौं । रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै रक्षामन्त्री रिजालले महाधिवेशन उदघाटनको दिन आइसक्दा पनि सभापतिको उम्मेदवार चयन गर्न नसकेको स्वीकार गरेका हुन् ।

उनले भने, ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।’ कांग्रेस महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रिजालले सभापतिको टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको गुनासो गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !