७ बैशाख २०८१, शुक्रबार

काँग्रेसमा सिटौला समूहवाट गगन ‘आउट’, प्रदिपको ‘इन्ट्री’


कृष्णप्रसाद सिटौला, गगन थापा र प्रदिप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहवाट उनका यसअघि विश्वासपात्रको रुपमा चिनिएका युवा नेता गगन थापा बाहिरिएसंगै अर्का युवा नेता प्रदिप पौडेल भित्रिएका छन् ।

यसअघि पौडेल रामचन्द्र पौडेल समूहमा रहँदै आएकोमा पौडेलले थापाको काखी च्यापेपछि प्रदिप रामचन्द्रको समुहवाट बाहिरिएका हुन् भने थापा सिटौला समूहवाट बाहिरिएका थिए ।

काँग्रेसर्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका थापाले गुट परिवर्तन गरेका हुन् । सिटौलको खेमामा रहेका थापा केही समय अघिदेखि भने पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

थापा रामचन्द्र पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको कार्यक्रममा देखिदै आएसँगै थापा पौडेल समूहमा प्रवेश गरेको बुझिएको हो ।

यसैवीच सिटौलाले आज आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने दावी गरेका छन् । यद्यपि यो कुरा आफूले अहंकार गर्दै नभनेको उनले दाबी पनि गरेका छन् ।

आज काठमाडौंमा आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहंकार गरेको होइन, म जहाँ रहन्छु त्यहीबाट कांग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छ।’

सिटौलाले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको पनि बताए । सिटौलाले युवा नेता पौडेललाई आफ्नो विश्वासपात्रका रुपमा अघि बढाएका हुन् । सिटौलाले आजकै दिनदेखि पौडेललाई युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीमा अघि बढाउने घोषणा गरे ।

सअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले केही अघिमात्रै सिटौलाको साथ छाडेका थिए । गगनले साथ छाडेसँगै सिटौलाले प्रदीपलाई आफ्नो समूहबाट पार्टीमा अघि बढाउने घोषणा गरेका हुन् ।

उनले युवालाई अगाडि बढेको आफूले देख्न चाहेको बताएका छन् । आफूले यो महाधिवेशनमा के गर्ने भन्नेबारे उम्मेदवारी दर्ता गर्ने दिन मात्रै भन्ने सिटौलाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !