३ मंसिर २०८१, सोमबार

सर्वोच्चमा भइरहेको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो : उपमहासचिव ज्ञवाली


प्रदीपकुमार ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका छन् ।

उपमहासचिव ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाभएको टिप्पणी गरेका हुन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आन्दोलनबाट न्यायालय सुधार नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु