९ मंसिर २०८१, आइतबार

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक जारी, रामचन्द्र पौडेलले गरे बहिस्कार


केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक जारी रहेको छ । बिहान साढे ११ बजे बोलाइएको बैठक केहीबेर अघिदेखि मात्र शुरु भएको हो ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा एकदिन अघि मात्र बस्न लागेको कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठकमा पौडेलले नजाने भएका हुन् ।

भोलि शुक्रबारदेखि काँग्रेसको १४औँ महाधिवेशन शुरु हुँदैछ । तर जारी उक्त बैठकमा आफू सहभागी नहुने काँग्रेसका वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् ।

पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् । पौडेलले आफू व्यस्त भएकोले बैठकमा उपस्थिति हुन नसक्ने भनेर सभापति देउवालाई अवगत गराएका छन् ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिष्कार गरेका हुन् । उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।

कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा भोलि शुक्रबारदेखि शुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो पनि पढ्नुहोस्

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक रामचन्द्र पौडेलले किन गरे बहिस्कार ?

सबै लड्ने भए पार्टीबाटै अलग भएर राजनीति छाड्ने पौडेलको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !