२४ बैशाख २०८१, सोमबार

उम्मेदवार छान्ने बैठकमा दाबेदार नै नआएपछि पौडेल पनि बैठकबाट बाहिरिए


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर उक्त बैठकमा हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारमा दावी गर्दै आएका नेताहरू कोही पनि आएका छैनन् ।

स्रोतका अनुसार बैठकमा शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला अझै आएका छैनन् । अरू नेताहरू नआएपछि पौडेल पनि बैठकस्थलबाट बाहिरिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !