२२ बैशाख २०८१, शनिबार

कमल थापाद्वारा राप्रपा केन्द्रीय समिति बैठक बहिस्कार


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक नेता कमल थापाले बहिस्कार गर्ने भएका छन् ।

बुधबार सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।

पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै थापाले बैठकमा सहभागी नहुने बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !