१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री हुँदा अदालतका मुद्धामा ५६ हजार हस्ताक्षर गरेको भन्दै ओलीको गुनासो


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला अदालतमा सरकारबिरुद्ध लागेका विभिन्न मुद्धाका लागि ५६ हजार पल्ट हस्ताक्षर गरेकोमा खुलासा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गर्न उनको निवास बलकोट पुगेका कानून व्यवसायीसँग कुरा गर्दै अध्यक्ष ओलीले अदालतप्रति यस्तो गुनासो गरेका हुन् ।

“सुर्खेतमा खरदारले गल्ती गर्छ यो सरकारले गरेको भन्दै प्रधानमन्त्रीले हस्ताक्षर गर्नुपर्छ । यो प्रक्रियागत पनि सच्चाउनैपर्छ,” उनले भने, “ म प्रधानमन्त्री हुँदा ५६ हजारपल्ट हस्ताक्षर गरेँ ।” उनले अदालतमा आफूले कसैसँग लेनदेन नगरेको बताए ।

ओलीले क्यान्सर लागेको न्यायालयलाई कुखुरा मन्साएर नहुने टिप्पणी गरेका छन् । ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार नहुने संकेत गरेका हुन् । अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबराको राजीनामाबाट न्यायालय सुधार नहुने भन्दै प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।

नेपाल बारका पदाधिकारीसँगको छलफलको क्रममा ओलीले न्यायालय स्वतन्त्र नरहेको बताउदै कानून व्यवसायीको मागमा आफ्नो कुनै असहमति जनाउनुपर्ने आवश्यकता नरहेको बताए ।

यो पनि पढ्नुहोस्

क्यान्सर लागेको न्यायालयलाई कुखुरा मन्साएर हुँदैन : अध्यक्ष ओली

प्रधानन्यायाधीशको बहिर्गमनवाट मात्र न्यायालय सुधार हुँदैन : अध्यक्ष ओली

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सहयोग गर्न ओलीलाई कानून व्यवसायीको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !