७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशको बहिर्गमनवाट मात्र न्यायालय सुधार हुँदैन : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनवाट मात्र न्यायालय सुधार नहुने दावी गरेका छन् ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।

उनले आफ्नै निवास बालकोटमा नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार यस्तो बताएका हुन् ।

उनले भने, “तपाईंहरुको कुरा थुप्रै जायज छ। तर प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !