२२ बैशाख २०८१, शनिबार

क्यान्सर लागेको न्यायालयलाई कुखुरा मन्साएर हुँदैन : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्यान्सर लागेको न्यायालयलाई कुखुरा मन्साएर नहुने टिप्पणी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गर्न उनको निवास बलकोट पुगेका कानून व्यवसायीसँग कुरा गर्दै ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार नहुने संकेत गरेका हुन् ।

उनले अहिले न्याय क्षेत्र ध्वस्त भएको बताए । “अहिले न्याय क्षेत्र ध्वस्त भइसकेको छ । हामी चाहन्छौँ, यस स्थितिबाट साच्चैको स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ । हामीले स्वतन्त्र न्यायालयको निकै कुरा गर्‍यौँ,” उनले भने, “क्यान्सर भएको छ भने कुखुरा मन्साएर निको हुँदैन ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबराको राजीनामाबाट न्यायालय सुधार नहुने भन्दै प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् ।

नेपाल बारका पदाधिकारीसँगको छलफलको क्रममा ओलीले न्यायालय स्वतन्त्र नरहेको बताउदै कानून व्यवसायीको मागमा आफ्नो कुनै असहमति जनाउनुपर्ने आवश्यकता नरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !