२१ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनका सांसदको खुलासा : प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाउने तयारी


राधेश्याम अधिकारी र रामनारायण बिडारी

काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी गरिएको छ । सत्तारूढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको खुलासा गरेका हुन् ।

आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग लगाउन ढिलाइ गर्न नहुने र महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त भएको बताए ।

यस्तै अर्को सत्तारुढ दल माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताए ।

बिडारीले प्रधानन्यायाधीश जबरामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने जानकारी समेत दिए । उनले दलहरूले प्रधानन्यायाधीश जबरालाई पदबाट हटाउन छलफल गरिरहेको बताए ।

सांसद बिडारीले प्रधानन्यायाधीश जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानबिन गर्ने प्रतिबद्धता समेत जनाए । उनले संसदले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश जबराको बर्हिगमन हुने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !