२३ बैशाख २०८१, आइतबार

प्रचण्डको आरोप : ओलीका कारण संविधान संशोधन हुन सकेन


प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् ।

आज बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रचण्डले एमालेको केपी गुटका कारण आफूले मधेसको पक्षमा संविधान संशाेधन गर्न नसकेको गुनासो गरेका हुन् ।

प्रचण्डले सबै जनताको समान अधिकारका लागि आफूले दुईपटक संविधान संशोधन प्रस्ताव अघि बढाए पनि एमालेका कारण सफल हुन नसकेको आरोप लगाएका हुन् ।

प्रचण्डले रौतहटका कार्यकर्तालाई माओवादी प्रवेश गराउँदै एमालेमा रहेका एक मधेसी नेतालाई ‘कुकुरको पुच्छर’ सँग तुलना गर्दै कटाक्ष गरेका छन् । उनले प्रभू शाहको नाम नलिइकन अप्रत्यक्ष रुपमा ‘एक नेता सचिन्छु भनेर माओवादीमा आएको तर फेरि केपी गुटमै फर्किएको’ टिप्पणी गरे ।

उनले अहिले पनि एमालेको केपी ओली गुट मधेस, महिला, जनजातिलगायत मुलुकको परिवर्तनको विरोधी भएको टिप्पणी गरे । परिवर्तनको रक्षा गर्दै जनताको हक, अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !