२१ बैशाख २०८१, शुक्रबार

राप्रपाको अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ, उपाध्यक्षका लागि कति ?


राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

स्रोतका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ ।

स्रोतका अनुसार सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !