११ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले आज हेटौँडामा सम्बोधन गर्दै


शेरबहादुर देउवा फाइल फोटो

हेटौँडा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा आज हुने नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

साथै उनले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा आज बिहीबार बिहान ११ बजे सुरु हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !