२० बैशाख २०८१, बिहिबार

राजेन्द्र लिङ्देनको प्रश्न: जीवन रोज्ने कि मृत्यु रोज्ने ?


राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने प्रश्न गरेका छन् ।

पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता लिङ्देनले पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने बताए ।

यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताए उनले । यसअघिको महाधिवेशनमा नेपालका तीन ठुला पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका बीचमा राप्रपाको प्रशंसा गर्नमा प्रतिस्पर्धा चलेको पनि उनले स्मरण गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !