१४ बैशाख २०८१, शुक्रबार

एमालेको मतगणना जारी, फराकिलो मतान्तरले ओलीको अग्रता कायमै


एमाले अध्यक्ष मण्डलको बैठक फाइल फोटो

चितवन । चितवनमा जारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको जारी मतगणनाको परिणाम अनुसार अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।

एमाले निर्वाचन आयोगका अनुसार चितवनको सौराहामा जारी मतगणनामा अध्यक्षका उम्मेद्वार ओलीले पछिल्लो मतपरिणाम अनुसार भारी मतले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट जारी मतगणनामा प्रतिस्पर्धी भीम रावललाई ठूलो मतान्तरले पछि पार्दै ओली विजय नजिक पुगेका हुन् ।

यसपटक एमाले निर्वाचनमा ७२ वटा विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । यसपटक वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

एमाले निर्वाचन मत परिणाम : अध्यक्षमा ओलीले ल्याए ४०० मत, रावलको ४२ मात्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !