१३ बैशाख २०८१, बिहिबार

एमाले निर्वाचन मत परिणाम : अध्यक्षमा ओलीले ल्याए ४०० मत, रावलको ४२ मात्र


केपी शर्मा ओली र भीम रावल

चितवन । चितवनमा जारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन शुरु भएको छ ।

एमाले निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याएका छन् भने अध्यक्षका अर्का उम्मेद्वार भीम रावलले ४२ मत मात्र प्राप्त गरेका छन् ।

यसपटक एमाले निर्वाचनमा विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । यसपटक वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !