१४ बैशाख २०८१, शुक्रबार

एमाले महाधिवेशनमा ९ करोड खर्च, २ दिन लम्बिँदा डेढ करोड बढी


एमालेको बन्दसत्र

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको महाधिवेशन २ दिन लम्बिदा डेढ करोड खर्च बढेको छ । ७ सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेतापनि २ दिन समय लम्बिदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

मंसिर १० गते शुरु महाधिवेशन १२ गतेसक्ने योजना भएतापनि २ दिन लम्बिएर आज १४ गते सकिँदा खर्च पनि बढेको हो । एमालेमा नयाँ नेतृत्व चयनको प्रक्रिया सहमतिका आधारमा नहुँदा निर्धारित समयभित्र सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको हो ।

एमालेको महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सक्ने तयारी गरिएको छ । एमालेको महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी नदी किनार र बन्दसत्र सौराहामा भएको हो । महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !