२६ पुस २०८१, शुक्रबार

एमाले अध्यक्ष मण्डलको बैठक जारी


एमाले अध्यक्ष मण्डलको बैठक फाइल फोटो

सौराहा । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक जारी रहेको छ । पार्टी अध्यक्ष ओलीले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको जारी रहेको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेपछि अध्यक्षमण्डलको बैठक जारी रहेको हो । अध्यक्षमण्डलको बैठकले अब महाधिवेशनका आजको कार्यक्रम र निर्वाचन लगायतका प्रक्रियाबारे निर्णय गर्नेछ ।

बैठकले उक्त नामावलीलाई अनुमोदन गर्नेछ । हिजो शनिबार बन्दसत्रले पार्टीको पदाधिकारी र सदस्यहरु चयन गर्ने सर्वाधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको थियो । अध्यक्ष मण्डलको बैठकपछि सो नामावलीलाई बन्दसत्रमा पेश गरिनेछ ।

नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष ओली बन्दसत्र शुरु हुन लागेको होटल पार्क सफारीमा पुग्दा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् । तर अध्यक्षको अर्का प्रत्यासी समेत रहेका वर्तमान उपाध्यक्ष भीम रावल बन्दसत्र हलवाट बाहिरिएका छन् ।

उनी अध्यक्षमण्डलकाे बैठकमा सहभागी हुन बाहिरिएकाे बताइएतापनि सर्वसम्मतिको नाममा अध्यक्ष ओलीले एकलौटी गरेको भनेर असन्तुष्टि जाहेर गर्दै बाहिरिएको आशंका गरिएको छ ।

ओलीका समर्थकहरुले ‘वि लभ यू केपी बा’, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ ‘पार्टी फुटाउने मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन् । बाक्लो भीडमा उनलाई सुरक्षाकर्मीले सुरक्षाघेरामा हालेर बन्द सत्रमा प्रवेश गराएका हुन् ।

ओलीका समर्थकहरुले ‘पार्टी फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मुर्दावाद’ भन्दै उनीहरुले अध्यक्ष अर्का प्रत्यासी भीम रावलबिरुद्ध नाराबाजी गरेका हुन् ।

यो पनि पढ्नुहोस्

ओलीका समर्थकले नाराबाजी गरेर रावलको यत्तिसम्म गरे अपमान

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बाहिरिए

ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !