२२ बैशाख २०८१, शनिबार

वरिष्ठ उपाध्यक्षमा भीम रावल, ईश्वर पोखरेल महासचिव !


डा. भीमबहादुर रावल र ईश्वर पोखरेल

कामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् ।

स्रोतका अनुसार विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बुझाएका हुन् ।

स्रोतका अनुसार चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् । सहमतिको पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ ।

रावलले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवाङ नेम्वाङले दाबी गरेका छन् । त्यस्तैगरी घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !