१४ बैशाख २०८१, शुक्रबार

ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष छनोटमा सकस देखिएको छ ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि ओलीलाई उपाध्यक्ष छनोटमा सकस देखिएको हो ।

स्रोतका अनुसार ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

नेम्वाङले आफूभन्दा सिनियर अरु नभएको दावी गरेका छन् । यदि आफूलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्न आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !