२२ बैशाख २०८१, शनिबार

एमाले स्थायी कमिटी बैठक दिउँसो साढे तीन बजे बस्ने गरी स्थगित


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बानेश्वरमा सञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट कार्यक्रममा जाने भएपछि दिउँसो साढे तीन बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

१० औं महाधिवेशनको तयारीबारे रिपोर्टिङ सकिएपछि बैठक स्थगित भएको छ । महाधिवेशनको तयारीबारे मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले रिपोर्टिङ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !