८ जेष्ठ २०८१, मंगलबार

मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिदैन : अध्यक्ष प्रचण्ड


अखिल क्रान्तिकारीको कार्यक्रममा प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन्।

चितवनमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई पुरस्कार नचाहिने भनिदिएको बताए । केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडिरहेको बताए ।

“शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुपर्‍यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु”, उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !