१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशनको तयारी र प्रतिनिधि मनोनयनका विषयमा छलफल हुने उनले बताए ।

एमाले महाधिवेशनका लागि पदेन र मनोनित गरी १९०३ प्रतिनिधि छनोट भएका छन् । ५ प्रतिशत मनोनित गर्न बाँकी छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरुको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

करीव १०० जना प्रतिनिधि मनोनयन हुने एमालेले जनाएको छ । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा १९९९ भन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु