४ बैशाख २०८१, मंगलबार

प्रधानन्यायाधीशविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गर्न बारको बैठक जारी


नेपाल बार एसोसिएसन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चौथो चरणको आन्दोलन घोषणा गर्न बारको बैठक जारी रहेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले चौथो चरणको विरोधका कार्यक्रम घोषणा गर्न बैठक जारी रहेको हो ।

नेपाल बार एसोसिएसनको कार्य समितिसँगै सल्लाहकार समिति र सर्वोच्च अदालत बारको कार्यसमिति सहित सल्लाकार समितिको बैठक पनि जारी रहेको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा आज पनि घम्साघम्सी भएको छ । आज शुक्रबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटतर्फ प्रदर्शनकारी कानून व्यवसायीहरु जाने क्रममा प्रहरीले रोक्दा झडप हुँदा २ जना कानुन व्यवसायी घाइते भएका छन् ।

कानून व्यवसायीलाई प्रहरीले लाठी चार्ज गर्दा सर्वोच्च बारका पूर्वसदस्य लक्ष्मी पोखरेल र उच्च अदालत बारका पूर्वसदस्य पवित्रा तिवारी घाइते भएको वारका प्रतिनिधिहरुले बताएका छन् ।

आन्दोलनरत कानून व्यवसायीहरुले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ । स्वतन्त्र न्यायपालिका कायम गर, नेपाल बार एसोसिएसन जिन्दावाद’, लगायतका नारा लगाएका छन् ।

चौथो चरणको आन्दोलनको घोषणा गर्न लागेका कानुन व्यवसायीहरू वा भने सडकमा निस्कने तयारी गर्दै देशभरका उच्च अदालतमा केही दिनपछि बृहत् सभा गर्ने नेपाल बारले तयारी गरेको छ ।

नेपाल बारले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिँन लागेकोले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न नेपाल बारका पदाधिकारी आकस्मिक बैठकमा जुटेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश जबराले तोके १० इजलासमा २२२ मुद्दा

प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी

सर्वोच्च परिसरमा झडप : प्रहरीको लाठी चार्जबाट २ जना वकिल घाइते

सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !