६ बैशाख २०८१, बिहिबार

सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी


सर्वोच्च परिसर तनावग्रस्त

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा आज पनि घम्साघम्सी भएको छ ।

आज शुक्रबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटतर्फ प्रदर्शनकारी कानून व्यवसायीहरु जाने क्रममा प्रहरीले रोक्दा घम्साघम्सी भएको हो । कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।

आन्दोलनरत कानून व्यवसायीहरुले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ । स्वतन्त्र न्यायपालिका कायम गर, नेपाल बार एसोसिएसन जिन्दावाद’, लगायतका नारा लगाएका छन् ।

कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !