२३ बैशाख २०८१, आइतबार

गोली खान तयार हुने तर आन्दोलन नरोकिने कानून व्यवसायीको दावी


सर्वोच्च परिसर तनावग्रस्त

काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका छन् । प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै बिहीबारको प्रदर्शनमा कानून व्यवसायीहरुले सो माग गरेका हुन् ।

स्रोतका अनुसार कानून व्यवसायीहरुले दंगा प्रहरी नहटाए गोली खान तयार हुने तर आन्दोलन नरोकिने दावी गरेका छन् । आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीवीच झडप हुँदा गम्भीर घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई अस्पताल पठाइएको छ ।

सर्वोच्च परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका बार एसोसिएसनका अध्यक्ष श्रेष्ठलाई उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको हो । यसअघि प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनलाई पनि उपचारका लागि सोही अस्पताल लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !