२१ बैशाख २०८१, शुक्रबार

सर्वोच्चका न्यायाधीशहरुको बैठक बस्दै


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले बैठक बसी फुलकोर्ट राख्न आग्रह गर्ने भएका छन् । स्रोतका अनुसार न्यायाधीशहरु बैठकमा बसी सर्वोच्चको पूर्ण बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आह्वान गर्ने तयारी भएको छ ।

प्रधानन्यायाधीश जवराले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ्याइएको भन्दै फुलकोर्ट बैठकबाट नियमावली संशोधन गरी इजलासमा बस्ने न्यायाधीशहरुको तयारी छ ।

सर्वोच्च अदालत नियमावली अनुसार प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !