१४ बैशाख २०८१, शुक्रबार

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एस) को स्थायी कमिटी बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको हो ।

आज बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्तै बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे पनि स्थायी कमिटी बैठकले निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !