१४ बैशाख २०८१, शुक्रबार

वाग्मती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए सपथ


वाग्मती प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त दुई जना नयाँ मन्त्रीले सपथ लिएका छन् । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री र निमा लामा स्वास्थ्य मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आज साँझ मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्र वाग्मती प्रदेशको संसदीय दलको नेता जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री र वाग्मती कांग्रेसका संसदीय दलका सचिव लामालाई स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।

यसअघि अघिल्लो सरकारमा बाग्मतीको मन्त्री बनिसकेका जम्मकट्टेल पुनः मन्त्री भएका हुन् भने कांग्रेसबाट लामा भने पहिलोपटक मन्त्री बनेका हुन् । वाग्मतीका मुख्यमन्त्री पाण्डेले आज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थपेपछि वाग्मती सरकार ६ सदस्यीय भएको छ ।

गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हालेका थिए ।

यसैगरी सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनालले आ-आफ्नो मन्त्रालय सम्हाल्दै आएका थिए । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै उक्त पदमा पाण्डे नियुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !