२० बैशाख २०८१, बिहिबार

जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह


चित्रबहादुर केसी फाइल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताउनुभएको छ । उहाँले आज जारी गर्नुभएको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा मुलुकमा विकास तथा निर्माणका साथै नागरिकलाई सामाजिक सेवा सुरक्षा र सुविधाको व्यवस्था गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्क सङ्कलन गर्न जनगणना महत्वपूर्ण माध्यम रहेको केसीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन्देशमा निर्वाचन क्षेत्रको निर्धारण गर्न र पुनःसंरचना गर्न जनगणना एउटा महत्वपूर्ण माध्यम भएको भनिएको छ । एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने विश्वास गरिएको जनगणना संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि केसीले सफलताको कामना गर्नुभएको छ । प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ । विसं १९६८ देखि यसको सुरुआत भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !