१४ बैशाख २०८१, शुक्रबार

रावलले भने- एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति विपरित छ


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता भीम रावलले आज हुने भनिएको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति विपरित रहेको बताएका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बैठक कथित भएको समेत आरोप लगाएका छन् ।

रावलले यस बैठकका निर्णयहरु अवैध र अमान्य हुने उल्लेख गर्दै अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा लागू नहुनुको कारण अध्यक्ष केपी ओलीसँग सोधेका छन् ।

उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?’

भिम रावल ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !