६ बैशाख २०८१, बिहिबार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ


प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथ लिएका छन् । मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दिउसो पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ का संसदीय दलका नेता राई आजै मात्र मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । राईलाई प्रदेश प्रमुख प्यासीले आजै मंगलबार मात्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आज मंगलबार दिउँसो १ बजेसम्म आह्वान गरेकोमा हिजै राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए ।

राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका थिए ।

प्रदेश १ मा मुख्यमन्त्रीको लागि राईबाहेक अरु कसैको दाबी परेन । प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण ३ बजे

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !