६ बैशाख २०८१, बिहिबार

प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति


राजेन्द्र राई

विराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएपछि गठबन्धनवीच नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति जुटेको छ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ मा राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

भीम आचार्यले आजै प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा घोषणा गरेका छन् । आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा नयाँ सरकार गठनको लागि बाटो खुलेको हो ।

विपक्षी गठबन्धनका रहेका ५० सदस्यको हस्ताक्षरसहित राईलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !