१३ बैशाख २०८१, बिहिबार

गठबन्धनमा अर्को किचलो : सुदूरपश्चिम सरकारमा नेकपा (एस) को दाबी


सुदूरपश्चिम सरकारमा नेकपा (एस) को दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) ले आफूले पाउनुपर्ने माग राखेसंगै सत्ता गठबन्धनमा अर्को किचलो उत्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा हाल नेकपा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् ।

आज सोमबार धनगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो ।

प्रदेशभित्र आगामी दिनमा गर्ने कार्यक्रमको विषयमा जानकारी गराउदै पार्टीकी प्रदेश इन्चार्ज गरिमा शाहले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुनुपर्ने एकीकृत समाजवादीको माग गरेको बताइन् । गठबन्धन सरकारलाई एकीकृत समाजवादीको साथ रहेपनि बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने माग पार्टीले अघि सारेको उनले बताइन् ।

प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्न पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने निर्णय गरेको सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले बताइन् ।

कात्तिक २० गतेभित्र जिल्ला कमिटी गठन, पुनर्गठन र विस्तार गरिसक्ने निर्णय गरिएको प्रदेश इन्चार्ज शाहले बताइन् । उनले मंसिर ३ गते धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

यस्तै प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ मा गठबन्धनवीच किचलो : मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने कांग्रेसको माग

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !