१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवासँग असमझदारी नभएको गृहमन्त्री खाँणको स्पष्टीकरण


बालकृष्ण खाँण

काठमाडौँ । हाल कार्यबाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग असमझदारी नभएको स्पष्टीकरण दिएका छन् ।

गृह मन्त्रालयमा आज शनिबार सुरक्षासम्बद्ध पत्रकारहरुसँग भेटघाटमा गृहमन्त्री खाँणले काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवाका विषयमा प्रधानमन्त्री देउवासँग कुनै असमझदारी नभएको स्पष्टीकरण दिएका हुन् ।

काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहको सरुवाका विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री देउवाकै निर्देशनाअनुसार आफूले काम गर्ने भएकाले कुनै असमझदारी नभएको बताएका हुन् ।

यसअघि काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए ।

११ महिना नबित्दै आफ्नो सरुवा भएपछि काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले प्रधानमन्त्री देउवालाई गुहारेर सरुवा थमाएपछि गृहमन्त्री खाँणमाथि नैतिक प्रश्न समेत उब्जिएको थियो ।

गृहमन्त्री खाँणले यसबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री र आफूबीच कुनै असमझदारी नभएको प्रस्टोक्ति दिएका हुन् । खाँणले प्रहरीमा एआईजीको बरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !