२० बैशाख २०८१, बिहिबार

एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएर १९९९ पुर्‍यायो


केन्द्रीय कमिटीको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि हिजो बिहीबार बसेको स्थायी कमिटीले मापदण्डका आधारमा देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । आज बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले प्रतिनिधि बढाउन माग गरेपछि करिब ४०० संख्या बढाउने निर्णय भएको हो ।

एमालेले प्रतिनिधि छनोट भने कार्तिक २७ गते गर्ने भएको छ भने बैठकले बाँकी रहेका वडा र पालिका अधिवेशन चाँडै गर्न निर्देशन समेत दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !