२२ बैशाख २०८१, शनिबार

‘कारागारका कैदी कसरी दोहाेरी साँझमा पुग्छन्’ : गृहमन्त्री बादल


rambahadur-thapa-badal

१९ चैत, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले कारागारवाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लैजाने गरेको रिपोर्ट आएको भन्दै कारागार व्यवस्थापन विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘दोहोरी साँझमा लानेदेखि विभिन्न ठाउँमा घुमाउन लैजाने गरेको रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानविन गरी कारवाहीको दायरामा ल्याउनुहोस् ।’

उनले जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाइ नाइकेहरुले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो पनि सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई पनि तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिएका छन् ।

विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए । गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !